Arrow
can i make spaces here

Browse the ...

PictureB

PictureB

सञ्चिता आईसियुमा

Posted by World Entertainment ~ on ~ 0 comments



सुत्केरी भएको नवौं दिन अत्यधिक रक्तश्राव भएपछि नायिका सञ्चिता लुइँटेललाई अस्पताल भर्ना गरिएको छ। गत भदौ ४ गते दोस्रो सन्तान जन्माएकी लुइँटेललाई मंगलबार साँझ कुपन्डोलस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको पारिवारले जनाएको छ। अत्यधिक रक्तश्राव भएपछि सञ्चितालाई आईसियुमा राखिएको छ भने पारिवारिक सूत्रका अनुसार नवजात शिशुको स्वास्थ सामान्य छ। सिजेरियन (अप्रेसन) मार्फत बच्चा जन्माएकी सञ्चिताका नायक श्रीमान् निखिल उप्रेती भने अहिले मुम्बईमै छन्।

भण्डारीको राजीनामा

चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले गत मंगलबार पदबाट राजीनामा दिएका छन्। राजनीतिक कारण देखाउँदै उनले राजीनामा दिएका हुन्। करिब १३ महिनाअघि दोस्रो कार्यकालका लागि बोर्ड अध्यक्षमा नियुक्त भण्डारीले पदबाट राजीनामा दिएपछि अब आफू राजनीतिमा सक्रिय हुने बताएका छन्। बोर्ड अध्यक्षविहीन भएपछि अहिले नयाँ अध्यक्ष को बन्लान भन्ने कौतुहलता बढेको छ।

विदेशबाट मुटु

पुराना चलचित्रकर्मी सूर्य बोहराले लामो समयपछि चलचित्र 'मुटु' को निर्माण तथा निर्देशन गरेका छन्। अमेरिका बस्दै आएका बोहराले यो चलचित्रलाई अमेरिका र युरोपबाट एकसाथ प्रदर्शन गर्ने बताएका छन्। नेपालमा भने यो चलचित्र आगामी मंसिरमा मात्र प्रदर्शनमा आउनेछ। चलचित्रमा केकी अधिकारी, मुकेश आचार्य, विमलेश अधिकारी, नीला बस्नेत, विशाल पहाडी, सुरेन्द्र शाह, सुप्रेम शाह आदि कलाकारले अभिनय गरेका छन्।

बिन्दासको राम्रो व्यापार

गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको मधुकुमार श्रेष्ठको चलचित्र 'बिन्दास' ले व्यवसायी सफलता हासिल गरेको छ। चलचित्र प्रदर्शन भएको छैटौं दिनसम्म आइपुग्दा यसले करिब ७० लाख रुपैयाँको कारोबार गरेको बताइन्छ। काठमाडौंमा राम्रो मानिएका क्यूएफएक्स लगायतका हलमा प्रदर्शन भैरहेको यो चलचित्रको निर्देशन राजु गिरीले गरेका हुन् जसमा सुशान्त कार्की, सुष्मा कार्की, अशोक फुयाँल आदि कलाकारले अभिनय गरेका छन्।

भदौ २९ मा २ चलचित्र

यसअघि ४ वटा चलचित्र प्रदर्शन हुने भनिएको आगामी भदौ २९ गते अब दुईवटा चलचित्रमात्र प्रदर्शन हुने छन्। चलचित्र 'खोज' पछि सरे पछि र 'फेसबुक' भदौ २२ मै प्रदर्शन हुने भएपछि २९ गते 'ब्ल्याकमेल' तथा 'बडीगार्ड' मात्र प्रदर्शन हुने भएका हुन्। नेपाल चलचित्र संघको कार्यालयमा बसेको 'बडीगार्ड' तथा 'खोज' टोलीको बैठकमा भदौ २९ मा 'खोज' प्रदर्शन नगर्ने सहमति भएको हो। बैठकमा 'खोज' लाई ' वडीगार्ड' हलबाट उत्रिएपछि मात्रै प्रदर्शन गर्ने सहमति भएको बताइन्छ।

डिभिडीमा दुई चलचित्र

चलचित्र 'मिस यू' तथा 'म तिम्रो भै सकेँ' आज शुक्रबारदेखि डिभिडीमार्फत बजारमा आउने भएका छन्। सुरेशदर्पण पोखरेलद्वारा निर्देशित ' मिस यु'मा दिलीप रायमाझी तथा नम्रता श्रेष्ठ, बरुण राणाले अभिनय गरेका छन् भने विकास आचार्यद्वारा निर्देशित चलचित्र 'म तिम्रो भै सकेँ' मा जीवन लुइँटेल र ऋचा सिंह ठकुरी मुख्य भूमिकामा छन्। दुवै चलचित्रका डिभिडीलाई हाइटेक इन्टरटेन्मेन्टले बजारमा ल्याउनेछ।

भिजिलान्तेको छायांकन प्रारम्भ

पहिलो नेपाली थ्रिडी चलचित्र 'भिजिलान्ते' को छायांकन यसैसाता प्रारम्भ भएको छ। दिपेन्द्र के खनालले निर्देशन गर्ने यो चलचित्रमा सुवास थापा, प्रियंका कार्की, राज घिमिरे, मेनुका प्रधान तथा दीपशिखा शाही मुख्य भूमिकामा देखिनेछन्। गत मंगलबार गल्छी क्षेत्रबाट यो चलचित्रको छायांकन प्रारम्भ गरिएको हो।

दुई चलचित्रमा अयुब

चलचित्र 'मालतीको भट्टी' पछि फुर्सदमा रहेका नायक अयुब केसी एक साथ दुई नयाँ चलचित्रमा व्यस्त हुने भएका छन्। केसीले जनक पाण्डेले निर्देशन गर्ने दुई भिन्न चलचित्रमा नायकको भूमिका निर्वाह गर्ने पक्का भएको हो। बुटवल वरपर छायांकन गरिने पहिलो चलचित्र प्रेम कथामा आधारित एक्सनप्रधान हुनेछ भने अर्को हरर शैलीको हुने नायक केसी बताउँछन्।

खतरनाक स्टन्टमा दुर्घटना

चलचित्र 'द ब्ल्याक डायरी' को छायांकन याक एन्ड यति होटल परिसरमा भएको दुर्घटनाका कारण रोकिएको छ। बाइक स्टन्टको दृश्य छायांकन गर्ने क्रममा वान वे बाटो हुँदै आएका चलचित्रका प्रस्तुतकर्ता सविन शाक्य, निर्माता अनोज अधिकारी तथा निर्देशक जी सुजन चढेको गाडीले स्टन्टम्यान रमेश सिंहलाई ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए।


Related Posts